पर्सा। वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व सङ्कलन गर्ने अभियान थालेको छ । जथाभावी फोहर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले विसं २०७९ पुस १७ देखि जथाभावी फोहर फ्याक्नेबाट जरिवाना तिराउन थालेको हो ।
महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी पाँच सय ७० जनाबाट जरिवानाबापत रू चौध लाख ९५ हजार दुई सय पाँच राजस्व सङ्कलन भएको महानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ।
स्वच्छ, सफा र सुन्दर महानगर बनाउने उद्देश्यले महानगरले गत पुसदेखि जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व सङ्कलन अभियान थालेयता नियमित राजस्व सङ्कलन गर्दै आएको छ।