काठमाडौं। यही साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु गरिएको छ। तीन दिनभित्र उठिसक्ने गरी उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु गरिएको हो।
फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो । काठमाडौँ महानगरपालिकाले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जनाएको छ। रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र पूरा भइसक्ने महानगरको भनाइ छ।
सुरक्षाकर्मीको सहयोगमा शुक्रबार एक सय ५२ गाडी र एक सय ६४ गाडी फोहोर व्यवस्थापन गरिएको बताइएको छ।