काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरमा खानेपानिको हाहाकार भएको छ। कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा बर्सेनि बढ्दो सहरीकरणसँगै पानीको हाहाकार हुन थालेको हो।
यस ठाउँमा हिउँदको सिजनमा पानीको हाहाकार नै हुन्छ। जसले गर्दा यस स्थानमा बसोवास गर्ने स्थानीयले खानेपानीको अभावमा कष्टकर जिवनयापन विताउदै आएका छन्। उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गरिँदै आएको छ। अझै १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीको धारा अपुग छन्।
तिहार लगत्तै टेन्डर हुने भनिए पनि हालसम्म संरचना बन्ने स्थानको जग्गा प्राप्तिलगायतका प्रक्रिया अघि बढाइएको छैन। भेरी पम्पिङ आयोजना सम्पन्न भए ३० वर्षसम्मका लागि उपत्यकालाई खानेपानी पुग्ने बताइएको छ।