चीनले १५ करोड डलर लगानीमा नयाँ रंगशाला निर्माण्न गरी कम्बोडियालाई हस्तान्तरण गरेको छ। कम्बोडियालाई रंगशाला बनाइदिने चीन दोस्रो देश हो। २०१३ मा निर्माण सुरु गरिएको उक्त स्टेडियम केहि दिन अघि परियोजना पुरा गरी चिनियाँ विदेशमन्त्री वांग यीले मोरोदेक टेक्नो नेशनल स्टेडियमका प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन्।
उक्त रंगशाला कम्बोडियाको राजधानीमा रहेको छ भने कम्बोडियाले २०२३ मा ३२ औं दक्षिणपुर्वी एसियन गेम्स आयोजना गर्दै छ। ३२४ फुट अग्लो पाँचतले स्टेडियमको डिजाइन डुंगा आकारको रहेको छ। यस रंगशालामा अन्तराष्टिय स्तरको फुटबल पिच, ओलम्पिक स्विमिङ पुल, रनिङ ट्राक आदि समावेश रहेका छन् साथै इन्डोर जिम, एक्वेटिक सेन्टर,ट्रेनिङ हल जस्ता पुर्वाधार पनि रहेको छ। यस स्टेडियमको क्षमता ६० हजार दर्शक अट्न सक्ने रहेको छ।
चीनले पछिल्लो समयमा विकासोन्मुख राष्ट्रहरुलाई पूर्वाधारका परियाोजनाहरु उपहारको रुपमा दिँदै आएको छ। बोल्ट एण्ड रोड इनिसिएटिभ परियोजनासँग साटफेर गरी प्रभाव जमाउनको लागि चीनले यस कुरालाई जोड दिएको हो। उक्त स्टेडियमलाई चीनिया इन्जिनियर र कम्बोडियाली कामदारले निर्माण गरेका हुन्।
एसिया, ल्यटिन अमेरिका साथै अफ्रीकी देशहरुमा चीनले १०० भन्दा धेरै स्टडियम निर्माण गरीसकेको छ तर पछिल्लो समयमा स्टेडियम चिनको मुख्य प्राथमिकतामा परेको छ। विभिन्न देशमा विमानस्थल, सडक, शिपिङ लेन्स जस्ता पूर्वाधारहरु चीनले बनाउदैं आएको छ। यस्तो प्रकारको विकास सहयोगलाई केहि अनुसन्धानदाताहरुले रंगशाला कूटनीति भन्ने गरेका छन्।