धनकुटा। नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार सुरु गरेका छ। टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेश प्रविधिको ‘फोर जी’ सेवा तथा एफटिटिएच (अफ्टिकल फाइबर प्रविधि)बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न सुरु गरेको हो।
यसअघि टेलकमले एडिएसएसबाट प्रवाह गरेको २० जिबिपिएसबाट एफटिटिएच इन्टरनेटअन्तर्गत कपर वायरबाट पाँच एम विपिएससम्मको इन्टरनेट सेवा तथा जिएसएम (टुजी, थ्रीजी र फोर जी) सेवा विस्तार गर्दै आएको थियो । हाल उक्त प्रविधिलाई स्तरोन्नति र जमिनमुनि विछ्याइएको फाइबरमार्फत् जिल्लासम्म एक सय जिविपिएसको मुख्य प्रसारण लाइन पुगेपछि टेलिकमले अफ्टिकल फाइबरमार्फत ग्राहकलाई आवश्यकताअनुसारको द्रुत गतिको इन्टरनेट उपलब्ध गराउन सुरु गरेको हो।
सेवाको स्तरोन्नति र विस्तारसँगै अब चार जिल्लाका नागरिकले सीमित इन्टटरनेट चलाउनुपर्ने बाध्यता अन्त्य हुनाका साथै आफूले चाहेको स्पिड (८,२५, ८० एमबिपिएस) सम्मको सेवा लिन पाउने भएका छन् ।