काठमाडौं। एनसेलले कर्णाली र सुदूरपश्चिमका ४ जिल्लामा उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा बिस्तार गरेको छ। एनसेलले मुगु, डोल्पा, हुम्ला र बाजुरा सदरमुकाममा फोरजी सेवा सुरु गरेको हो।
फोरजी सेवाका लागि एनसेलले डोल्पाको ठूलीभेरी नगरपालिका, मुगुको छायाँनाथ रारा नगरपालिका, बाजुराको बडिमालिका नगरपालिका र हुम्लाको सिमकोट गाउँपालिकामा एक एक वटा फोरजी बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) स्थापना गरेको छ ।
कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो। अब कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला एनसेलको फोरजी सेवामा जोडिएका छन्।