काठमाडौं । सडक डिभिजन काठमाडौंले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल दिन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ।
एपमार्फत सडकका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा निर्माणसम्बन्धी समस्या फोटोसहित रिपोर्ट गर्न सकिनेछ।
प्रयोगकर्ताले एपमा फोटो अपलोड गरेपछि जीआईएस म्यापिङमार्फत समस्याको स्थान पहिचान हुनेछ। समस्या दर्ता गर्दा प्रकार र गम्भीरताको स्तरसमेत उल्लेख गर्नुपर्नेछ।
दर्ता गरिएको समस्याको अवस्थाबारे एपबाटै जानकारी लिन सकिने र प्राप्त रिपोर्टलाई गम्भीरता तथा प्राथमिकताका आधारमा व्यवस्थापन गरिने सडक डिभिजन काठमाडौंले जनाएको छ। एपलाई क्रमशः भक्तपुर र ललितपुरमा समेत विस्तार गर्ने तयारी छ।