काठमाडौं। रसियाले ब्ल्याक सी ग्रेन डिलबाट पछि हटेपछि पहिलोपटक दुईवटा कार्गो पानीजहाज युक्रेनको बन्दरगाहमा पुगेको छ। ब्ल्याक सीकै नयाँ ‘रुट’ बाट पानीजहाज बन्दरगाह पुगेको हो।
सो कार्गो पानी जहाजमा २० हजार टन गहुँ ‘लोड’ हुने र विश्व बजारमा बिक्रीका लागि पठाइने जनाइएको छ।
सो पानीजहाजमा युक्रेन, टर्कीए, अजरबैजान र इजिप्टका नागरिक सवार थिए। सो कार्गोले इजिप्ट र इजरायलमा गहुँ पुर्याउने युक्रेनी अधिकारीहरुले जनाएका छन।