काठमाडौं। रसुवाको गोसाईकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ। भदौ १० देखि मोबाइल सेवा सञ्चालन भएको हो।
गोसाईकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।
योसँगै अब यो क्षेत्रमा टुजी मोबाइल सेवा चलाउन सकिने कम्पनीले जनाएको छ।कम्पनीले गोसाईकुण्ड र सूर्यकुण्डलाई लक्षित गरी एउटा र भैरवकुण्ड तथा राजमार्ग क्षेत्रलाई लक्षित गरी अर्को एन्टेना जडान गरेको छ ।
यसबाट अबका दिनमा तीर्थ जाँदा बिरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ । उपकरण सञ्चालनका लागि ६ प्यानलको सोलार प्रयोग गरिएको छ ।