काठमाडौं। हङकङको वेस्ट काउलुन कल्चलर डिस्ट्रिक्टमा रहेको एक निर्माण क्षेत्रमा बायोग्यास लिक हुँदा दुई जना कामदारको मृत्यु भएको छ।
याउमा तेइस्थित अस्टिन रोडमा रहेको उक्त निर्माण क्षेत्रको अन्डरग्राउण्डमा काम गरेका उनीहरूको निस्सासिएर मृत्यु भएको आशंका छ। दुर्घटनास्थल वरपर हाइड्रोजन सल्फाइडको दर उच्च रहेको बताइएको छ।
प्रहरीले आइतबार बिहान करिब ७ बजे उनीहरूलाई बेहास अवस्थामा उद्धार गरेको थियो । उद्धारपछि क्वीन एलिजाबेथ अस्पताल पुर्याइएको उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको हो।
आइतबार बिहान अन्य कामदारले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।
उनीहरू शनिबार उक्त स्थलमा जमिनमुनिको पाइपलाइन मर्मत कार्य गरिरहेका थिए। उनीहरूलाई आइतबार बिहान अग्निनियन्त्रकहरूले ६ मिटरको गहिराइबाट उद्धार गरेका हुन्।