सिड्नी। हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठुलो महान चाड तिहारको पूर्वसन्ध्यामा नोभेम्बर ४ तारिखमा जेरी सोल्टी रकडेलले मिठाई महोत्सवको आयोजना गर्ने भएको छ। सेभेन किङ्ग स्ट्रिट रकडेलमा रहेको उक्त मिठाई भण्डारले अष्ट्रेलियाको सिड्नीमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपालको अनुभव लिन पाउने गरि महोत्सवको आयोजना गरेको जेरी सोल्टीका संचालकले बताएका छन्। उक्त महोत्सवमा उपस्थित भएर विभिन्न मिठाईहरुको स्वाद लिंदै आँफुलाई मनपरेको मित्हैहरुको बास्केट खरिद गर्न सक्ने बताइएको छ।
टिकेट संसारको डिजिटल सहकार्यमा हुन लागेको उक्त महोत्सवमा उत्साहजनक उपस्थिति हुनेमा विश्वस्त रहेको टिकेट संसारको भनाइ छ। नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको रकडेल क्षेत्रमा मिठाईजन्य परिकारका लागि एकमात्र गन्तव्य बनाएर समुदायमा फरक पहिचान बनाउने लक्ष्यमा आँफुहरु अगाडी बढेको पनि जेरी सोल्टी अबर्न शाखाले जनाएको छ। विशेषगरि नेपाली समुदाय लक्षित सेवा प्रदान गर्दै आइरहेको जेरी सोल्टीको अर्को शाखा भने अबर्नमा रहेको छ।
अन्तमा, सम्पूर्ण नेपाली तथा हिन्दु धर्मावलम्बीहरुले हर्षोल्लासका साथ् मनाउने तिहारमा कामको व्यस्तताले गर्दा मिठाईका परिकार बनाउन नभ्याउनेहरुको लागि घरमै बनाएको जस्तो मिठाई उपलब्ध गराउने जेरी सोल्टी परिवारको प्रतिवद्दता रहेको छ।