एजेन्सी। भारतको जम्मु–कश्मिरमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ। बुधबार किस्तवाडबाट जम्मु जाँदै गरेको बस डोडा जिल्लाको अस्सार क्षेत्रमा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको हो।
दोडा–बटोटे राष्ट्रिय राजमार्गको राजगढबाट करिब ४ किलोमिटर अगाडि बस सडकबाट चिप्लिएर पुरानो जीर्ण सडकमा खसेको हो। ३८ सिट क्षमताको बसमा ५६ जना यात्रु सवार रहेको बताइएको छ।
घुम्ति सडक र तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाएर बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइहेको छ।