विराटनगर। छठ पर्वलाई लक्षित गरी विराटनगर महानगरपालिकाभित्रको सात किलोमिटर नहर सफाइ गरिएको छ । सुनसरी–मोरङ सिँचाइ आयोजना अन्तर्गत विराटनगर शाखाभित्रको नहर सफाइ गरिएको हो ।
सिँचाइ आयोजनाले स्थानीय तह विराटनगर महानगरपालिकाको आग्रह र समन्वयमा नहर सफाइ गर्ने कार्य सम्पन्न भएको बताएको छ। दैनिक ७० जना मजदुरले दश दिनसम्म नहरको सफाइ गरेका थिए ।
सफाइका लागि तीन दिन मेसिनको समेत प्रयोग गरिएको पथो। आयोजनाले नियमित कार्य अन्तर्गत हिउँदे बालीका लागि पानी पठाउनसमेत नहर सफाइ गरेको हो ।
नहरमा थुप्रिएको फोहोरका कारण छठका व्रतालुलाई समस्या हुने भएपछि विराटनगर महानगरपालिकाले आयोजनालाई सफाइका लागि आग्रह गरेको थियो । सफाइपछि नहर सफा भएको छ । यसमा आउने पानी सङ्लिएको छ ।