जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ।
माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित भएकाले घाम लागे मात्रै टेलिफोन टावर सञ्चालन हुने गरेका छन् । हातमा स्मार्ट मोवाइल सेट भए पनि नेटवर्क नै नहुँदा खबर आदानप्रदान निकै समस्या हुने गरेको छ । यस्तै समस्या झेल्दै आइएकामा अहिले उक्त टावरमा विद्युत जोडिए पछि जुनसुकै बेला पनि टेलिफोन सेवा सञ्चालन हुने गरेको गाउँपालिकाले जनाएको छ।
१५ लाख रूपैयाँ को लागतमा हाँकुलाग्ना टावरमा विद्युतको लाइन पुगेपछि धेरै गाउँ बस्तीका नागरिकलाई टेलिफोन पहुँच पुगेको छ। वडा कार्यालयको ६ लाख र सुर्खेतस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको ९ लाख ९६ हजार गरी कुल १५ लाख ९६ हजार रूपैयाँमा टावरमा विद्युत लाइन पु¥याइएको हो ।