आर्थिक आयकर ऐन, २०५८ संशोधन प्रस्ताव अवैध धनलाई वैधानिक वनाउने भित्रि उद्देश्यले प्रस्ताव गरीएको कारण संशोधन प्रस्ताव फिर्ता गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलले माग गरेको छ। विभिन्न पुर्वाधारको क्षेत्रमा लगानी गर्दा लगानीको आयस्रोत खोजिने छैन भन्ने ब्यवस्था प्रस्ताव गरीएको छ भन्ने विषयमा यस संस्थाले गम्भिर ध्यानाकर्षण गरेको छ।
यदि यो प्रस्ताव पास भएमा अवैध धनलाई वैध बनाउन, भ्रष्टचारलाई बढावा दिने, नियमित करदातालाई निराश बनाउने, कर छली बढाउने साथै यस्तो कार्य नेपालको संविधानको भावना, अन्य कानुन लगाएत भ्रष्टचारविरुद्धको अन्तराष्टिय प्रतिबद्धताको विपरीत हुने र नीतिगत भ्रष्टचारको नमुना हुने निश्चित रहेको टीआईको भनाइ रहेको छ।
नयाँ गठित भएको सरकारसँग भ्रष्टचार नियन्त्रण र कालोधनविरुद्धमा कारबहीको अपेक्षा गरेको बेला यस्ता निहित स्वार्थ समुहलाइृ हित हुने प्रस्ताव ल्याइएकोमा प्रस्तावले देउवा सरकारको खिल्लि उडाएको छ। सरकारको प्रमुख दल र राजनीतिक दलहरुलाई यस्तो प्रस्ताव तुरुन्त फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले माग गरेको छ।