काठमाडौं। यी तस्बिर दक्षिण पश्चिम चीनको जुन गुइयाङ–ह्वाङपिङ राजमार्गको एउटा पुलको हो। गुइझाउ प्रान्तको गाईडिङ काउन्टीस्थित यांगबाओशान नामको यो पुलको लोड परीक्षण गरिएको अवस्थामा लिइएका तस्बिर हुन्।

पुल गुणस्तर र मेकानिकल गुण परीक्षण गर्न पुलमा १ हजार ६ सय ८० टन सामानसहित ४८ ठूला ट्रक पार्क गरिएको थियो । ६५० मिटरको मुख्य स्प्यान भएको यो भव्य पुलको लम्बाइ १ हजार १ सय १२ रहेको छ।



तस्बिर:देङ ग्याङ/सिन्ह्वा