काठमाडौं। हङकङको निर्माण क्षेत्रमा मंगलबार एक ५८ वर्षीय कामदारको मृत्यु भएको छ। क्वाइचिङ कन्टेनर टर्मिनलमा जमिनबाट २० फिटको उचाइमा रहेको क्रेनको क्याबिनमा बेहोस बनेका कामदारको मृत्यु भएको हो।
प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम एससीएमपीले जनाएअनुसार निर्माण क्षेत्रमा काम गर्ने अन्य सहकर्मीले उनलाई क्याबिनभित्र अचेत अवस्थामा फेला पारेका थिए।
सहकर्मीले खबर गरेपछि घटनास्थल पुगेका अग्निनियन्त्रकले उद्धार गरी पीडितलाई नजिकैको राजकुमारी मार्गरेट अस्पताल पुर्याएका थिए जहाँ उनलाई मृत घोषित गरियो।
मृतकमा मुटु रोगको समस्या रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि, मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी र श्रम विभागले घटनालाई औद्योगिक घटना भने भनेका छैनन्।