काठमाण्डौं। ऊर्जाको क्षेत्रमा पाँच वर्ष भित्रमा १ हजार युवालाई इलेक्ट्रोनिक विषयमा दक्ष जनशक्ति तयार बनाई ग्रामिण क्षेत्रमा पनि ऊर्जा सम्बन्धि जनशक्ति पठाउने भएको छ। नेपालमा गरिबी न्युनिकरण गर्नको लागि पहिलो उत्कृष्ट ऊर्जा केन्द्रको शुभारम्भ गरेको हो। २० युनिट बिजुली उपभोग गर्ने उपभोक्तालाई निशुल्क गरी त्यो भन्दा बढी उपभोग गर्ने उपभोक्तालाई सहुलिएत दिएको छ।
विधुत प्राधिकरणले राति बिजुली बाल्नेलाई कम पैसा र दिउँसो बिजुली प्रयोग गर्नेलाई बढी पैसा लिने तयारी गरीरहेको छ । ऊर्जा क्षेत्रमा तयार भएका जनशक्तिले बेरोजगार बस्नु नपर्ने र यस्ता जनशक्ति तयार पार्ने डनबस्को इन्श्टिच्युतलाई उत्कृष्ट कामको लागि प्राधिकरणले ध्नयबाद दिएको छ।
ग्रामिण क्षेत्रमा जनशक्ति कम भइरहेको र उत्पादित जनशक्तिले गाउँदेखि सहरसम्म सेवा प्रदान गर्न सक्ने साथै यसले देश विकासमा पनि टेवा पुग्ने छ। प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्ले डनबस्को इन्सिच्युटले तयार पारेको जनशक्तिले देशको विकासलाई मद्धत पुर्याउने कुरा जनाएको थियो। स्नाइडर इलेक्टिक फाउन्डसनका कार्यकारीले ऊर्जाको उपयोग आधारभुत मानव अधिकार भएको र यसले अत्यधिक मात्रामा रोजगारी सिर्जना र सीप विकास गर्ने कुरा बताउनुभयो।
आफ्नै देशमा ऊर्जाको उत्कृष्ट केन्द्र सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्नु गौरवको कुरा पनि हो। रोजगारी सिर्जना र सीप विकासको लागि सार्वभौमिक ऊर्जा पहुँच सँगसँगै हुन आवश्यक रहेको छ।