धनगढी। अत्तरिया–धनगढी सडक फिलिली भएको छ। सजावट बाँकी भए पनि कालोपत्रे भइसकेकाले यात्रुलाई सहज भएको हो।
नेपाल–भारत सीमा गौरीफन्टा (मोहना किनार) बाट सुरु भएको उक्त सडक अत्तरियासम्म करिब १४ किलोमिटर रहेको छ। सरकारले आव २०७३।०७४ सालको जेठमा तीन प्याकेज गरी ठेक्का लगाएको थियो।
पहिलो ठेक्का मोहना–बोराडाँडी चार किलोमिटरको छ। उक्त सडक अमर–शर्मा–नागार्जुन जेभीले ५७ करोड ७६ लाखमा ठेक्का पाएको थियो। यस प्याकेजमा ६ लेन कालोपत्रे सकिएको छ। रेलिङ, फुटपाथ, सर्भिस रोड निर्माण, ट्राफिक चिह्न, रङरोगन र बायोइन्जिनियरिङको काम बाँकी छ।
दोस्रो प्याकेज बोराडाँडी–गेटा साढे चार किलोमिटरमा पनि कालोपत्रे सकिएको छ। लुम्बीनि–राजेन्द्र–डाँफे जेभीले ५० करोड २६ लाखमा ठेक्का पाएको थियो। गेटादेखि अत्तरियासम्म भने करिब ८५ प्रतिशत मात्रै काम भएको छ।
चौथो पटक थपिएको पहिलो प्याकेजको म्याद चैत मसान्तमा सकिँदैछ। ‘निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ। उक्त सडकमा तीनवटा पुल बन्न सकेका छैनन्।