जनकपुरधाम। खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनासँग सम्बन्धित सबै अधुरा आयोजना चालु आर्थिक वर्षमै सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले संघीय खानेपानी तथा ढल व्यवस्थापन परियोजना कार्यालय जनकपुर र मातहतका खानेपानी कार्यालयका प्रमुखलाई निर्देशन दिएका हुन्।
मन्त्री चौधरीः मेरो लक्ष्य र उदेश्य सरकारको नीति तथा कार्याक्रमलाई निर्धारित समयमै सम्पन्न गर्नु हो। कुनै आयोजना निर्माणमा नीतिगत निर्णय वा सहजीकरण र बजेट अभाव भएमा समयमै भन्न पनि अनुरोध गरे।
उनले सबै काम प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सम्बन्धित कार्यालय प्रमुखलाई तालिका बनाएर काम गर्न निर्देशन दिएका छन्। चालु आर्थिक वर्षभित्र सम्पन्न हुने आयोजनालाई कुनै पनि समस्या वा बहाना बनाएर नलम्ब्याउन चेतावनी दिएका समेत दिएका छन्।