मुगु। मुगु जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोला बस्तीका आगलागीपीडितलाई राहत सामाग्री वितरण गरिएको छ। गत माघ २१ गते राति भएको आगलागीमा घरसहित धनसम्पति पूर्ण रुपमा ध्वस्त भइ दुई जना बालबालिका समेत गुमाएका लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालका परिवारलाई राहत वितरण गरिएको हो।
विभिन्न संघ संस्था, रेडक्रस, व्यक्ति र वडा कार्यालयबाट प्रारम्भिक राहत उपलब्ध गराइएको खत्याड गाउँपालिका–२ का वडाअध्यक्ष हेमराज मल्लले बताए ।
आगलागीपीडित परिवारलाई मानव अधिकार तथा वातावरण विकास केन्द्रले १ लाख मूल्य बराबरको भाँडाकुँडा, लुगा र ओढनेओछ्याउने समान हस्तान्तरण गरेको छ ।
पीडित परिवारलाई छायाँ नेपाल संस्थाले ७५ हजार मूल्य बराबरको खाद्यन्न, कपडा, त्रिपाल, दिएको छ भने सोही वडा निवासी लक्ष्मण दाहालले ५० हजार मूल्य बराबरको खाद्यन्न दिएका छन ।
बाल अनाथ आश्रमका सञ्चालक अमराज बानियाँले ७५ हजार मूल्य बराबरको खाद्य र कपडा सामग्री तथा परिर्वतन कृषि सहकारी संस्थाले १० हजार नेपाल रेडक्रस, खत्याड गाउँपालिका–२ वडा कार्यालय र पालिकाबाट खाद्यन्न भाडाकुडा र कपाडा राहत उपलब्ध गराइएको वडाअध्यक्ष मल्लले जानकारी गराए ।