चितवन । मनकामना केबलकार मंगलबार एक दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि केबलकार सेवा बन्द गर्न लागिएको जनाएको हो।
कम्पनीका अनुसार चाडपर्वअघि नियमित तालिकाअनुसार केबलकारको मर्मतसम्भार गर्न लागिएको हो। सेवा सुरक्षित र व्यवस्थित बनाउन आवश्यक मर्मतसम्भारका काम गर्नुपर्ने भएकाले एक दिन सेवा बन्द रहने जनाइएको छ।
कम्पनीले यात्रुलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै मर्मतसम्भारको काम निर्धारित समयमै सम्पन्न गरी सेवा पुनः सञ्चालनमा ल्याउने जनाएको छ।
मनकामना दर्शन प्रालिका अनुसार २१ असोज बुधबारदेखि केबलकार सेवा नियमित रूपमा सञ्चालन हुनेछ। दसैँको समयमा मनकामना दर्शनका लागि जाने यात्रुको चाप बढ्ने भएकाले त्यसअघि नै आवश्यक मर्मतसम्भार गर्न लागिएको हो।