कपिलबस्तु। शुद्धोधन गाउँपालिकाले फोहरमैला व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरेको छ। गाउँपालिकाको वडा नं १ ले विभिन्न स्थानमा फोहरमैला व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको हो ।
वडाले गत शनिबारदेखि फोहरमैला व्यवस्थापनमा स्थानीयलाई बानी बसाल्न तालिम सञ्चालन गरेको हो। तालिममा वडा नम्बर १ का सम्पूर्ण स्थानीयलाई फोहरमैला कसरी व्यवस्थापन गर्ने भन्ने बारे सिकाइएको छ।
५० जनाको सहभागितामा पूर्ण केशर माविमा तालिम सञ्चालन गरिएको थियो।