काठमाडौं। अडानी समूहले निर्माण गरेको ‘नवीकरणीय ऊर्जा पार्क’ सञ्चालनमा आएको छ। समूहको ग्रिन इनर्जी लिमिटेडमार्फत पाकिस्तानसँगको सीमा जोडिएको गुजराजको ‘कज’ मरुभूमिमा निर्माण भएको विश्व कै ठूलो पार्कबाट विद्युत् उत्पादन सुरु भएको हो।
गुजरात ‘कज’ मरुभूमिमा रहेको पार्कबाट उत्पादित ५५१ मेगावाट सौर्य विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको अडानी समूहले जानकारी दिएको छ । समूहले प्लान्ट निर्माण सुरु गरेको एक वर्षमा सम्पन्न गरेको जनाइएको छ। अडानी समूहका अनुसार यो पार्क पुरै सम्पन्न भएपछि ३० गिगावाट विद्युत् उत्पादन हुनेछ । पुरै पार्क निर्माण सम्पन्न गर्न ५ वर्ष लाग्नेछ।