काठमाडौं। दार्चुला सदरमुकाम खलंगा बजार क्षेत्रमा बिग्रिएको बाटो पुनःनिर्माणका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन पेश गरिएको छ।
मंगलबार महाकाली नगरपालिका वडा नम्बर ४ र ५ बजार क्षेत्रमा बृहत् खानेपानी आयोजना निर्माणका क्रममा बाटोहरू बिग्रिएको एक महिना भइसक्दा समेत पुनःनिर्माण नभएको भन्दै पहलका लागि प्राज्ञिक बिद्यार्थी परिषद नेपालले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निवेदन बुझाएको हो।
प्राज्ञिक बिद्यार्थी परिषद नेपालकाका अनुसार बजार क्षेत्रमा बाटो पुनःनिर्माण नहुदा बिद्यार्थी तथा सर्वसधारण यात्रुहरूलाई धेरै समस्या परेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन बुझाएपछि प्रशासनको तर्फबाट यथासिघ्र सम्बन्धित सबैलाई पत्राचार गरि समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता गरेको समाजका सुदूरपश्चिम प्रदेश अध्यक्ष महेश भट्टले जानकारी दिए।