एजेन्सी। बंगलादेशले छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली किन्ने भएको छ। बंगलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्री नसरुल हमिदले आन्तरिक माग धान्नका लागि छिमेकी मुलुकबाट ठूलो परिमाणमा बिजुली खरिद गर्नुपर्ने भएको जानकारी दिएका हुन्।
उनले भने, ‘हामी छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली किन्न चाहन्छौँ। ‘नेपाल र भुटानबाट बिजुली आयातको प्रक्रियामा समेत अन्तिम चरणमा छ ।’
नेपाल र बंगलादेशबिच ४० मेगावाट बिजुली किनबेचको सम्झौता आगामी महिना हुने सूचना भारतीय पक्षलाई मन्त्री हमिदले दिइसकेको समेत बताइएको छ । यसबाहेक, भारतको जीएमआरमार्फत नेपालबाट ५०० मेगावाट बिजुली किन्ने प्रक्रिया समेत अन्तिम चरणमा छ ।