एजेन्सी। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३० हजार ८७८ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रवार जनाएको छ।
पछिल्लो २४ घण्टामा इजरायली सेनाले ७८ जनाको ज्यान लिएको छ भने करिव १०४ जना घाइते भएका छन् । ३० हजार भन्दा बढी मृत्यु हुनेमध्ये ७२ प्रतिशत महिला र बालबालिका रहेको मन्त्रालयले जनाएको छ ।