गुल्मी। गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत पर्ने कालिगण्डकी क्षेत्रमा सरसफाई गरिएको छ ।
रुरुक्षेत्र गाउँपालिका –१ को समन्वयमा मंगलबार कालिगण्डकी क्षेत्रको रिडी खोला किनार क्षेत्रमा सरसफाई गरिएको हो ।
बागमती सफाईका अभियान्ता एवम् सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेल, स्थानीय क्वल, जनप्रतिनिधि, कर्मचारी, प्रहरी लगायत स्थानीय समुदायको पहलमा नदी किनार क्षेत्रको सफाई गरिएको हो ।
किनारबाट जुत्ता, चप्पल, पानीका बोतल, चियाका गिलास, दाउरा, प्लास्टिकजन्य विभिन्न वस्तुहरु लगायतका फोहोर संकलन गरी व्यवस्थापन गरिएको अभियान्ताहरुले बताए।
बागमती सफाईका अभियान्ता पौडेलले नदी क्षेत्रको सफाइले समाजको सौन्दर्यतालाई झल्काउने भन्दै कालिगण्डकी क्षेत्र सफाई गरिएको बताए।