काठमाडौं। जुम्लाको भेरी खोलामा कात्तिक १ गते अविरल वर्षा सँगै आएको बाढीले काठेपुल बगाएपछि हाल ट्रस पुल निर्माण भएको छ। पुल बगाएको आठ साताभित्र उक्त ट्रस पुल निर्माण भएको हो।
भेरीखोलाका नागरीकलाई नदी वारपार गर्न धेरै समस्या भइरहेको समयमा उक्त पुलको निर्माणले स्थानीय निकै खुसि भएका छन्। स्थानीयका अनुसार बाढीले काठे पुल बगाउदा निकै समस्या भएको थियो तर बगाएको आठ साताभित्रै ट्रस पुल निर्माण भएपछि धेरै सहज भएको छ।
उक्त पुलले कम्तिमा पनि पाँच गाउँका स्थानीयलाइ आउजाउमा सहयोग गरेको छ। काठेपुल राम्रो नहुँदा बाढी आएको समयमा गोठाला भोकै बस्नु परेको अवस्था रहेको तर पुलको निर्माणपछि यो समस्या हटेको स्थानीयले बताए।
पूर्वाधार विकास कार्यालयको ३३ लाख भन्दा माथीको लागतमा ३२ मिटर लम्बाइ र १५ फिट उचाइको उक्त पुल निर्माण भएको मसानतडा ट्रस पुल निर्माण उपभोक्ता समितिका सचिव रेशम हमालले जानकारी दिए। उक्त पुलमा ६६ हजार ७ सय ३० रुपैँया उपभोक्ता समितिले श्रमदान गरेका छन्।
उक्त पुलको उद्घाटन पूर्व पशुपंक्षी तथा राज्यमन्त्री गोमा कुँवरले गरेकी हुन्।