काठमाडौं। टर्कीको ठूलो शहर इस्तानबुलमा मंगलवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ।
इस्तानबुल गभर्नरको कार्यालयका अनुसार शहरको युरोपेलीतर्फ बेसिकटास जिल्लाको गेरेटेपे छिमेकमा रहेको १६ तले भवनको तहखानेमा रहेको नाइट क्लबमा मर्मतसम्भार गर्ने क्रममा आगलागी भएको हो ।
आगलागीमा परी घाइते भएका एक जनाको उपचार जारी छ।