काठमाडौं। नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान शुरु गर्ने भएको छ। अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने भएको हो।
संकलित फोहोरमध्ये नसढ्ने फोहोर रिसाइकिल गर्ने संस्थालाई हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ। उक्त अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाईहरुबाट दश टन फोहोर तथा पाँच वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको बताइएको छ।