काठमाडौं। दाङ, सल्यान र रुकुममा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। प्राविधिक समस्याका कारण दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको हो।
दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा प्राविधिक समस्या देखिएकाले सेवा अवरुद्ध भएको नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाले जनाएको छ।
विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको उपकरणमा समस्या भएकाले मर्मतका लागि विशेष टोली बुटवलबाट पठाइएको बताइएको छ।
अहिले घोराही, तुलसीपुर, सल्यान, रुकुम लगायतका क्षेत्रमा सबै प्रकारका मोबाइल र ल्याण्डलाइन सेवा प्रभावित भएको छ ।