काठमाडौं। जापानको इशिकावा प्रिफेक्चरमा आज बिहान शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विभागका अनुसार बिहान साढे ६ बजे ५ दशमल ९ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन। विभागले भूकम्पपछि सुनामीको चेतावनी जारी गर्दै आएपनि यस पटक भने यस्तो सम्भावना नरहेको जनाएको छ।