काठमाडौं। नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित ‘पिएसटिएन’ र ‘एडिएसएल’ सेवालाई आधुुनिक फाइबर प्रविधिको ‘एफटिटिएच’ (फाइबर टू द होम) नेटवर्कमा स्तरोन्नति गरी कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
दूरसञ्चार कार्यालय नक्सालमा शुक्रवार आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गर्दै टेलिकमले समयअनुसार नयाँ प्रविधि अवलम्बनलाई निरन्तरता दिएको बताइन् ।