काठमाडौं। नेपालका बारेमा छलफल गर्न अमेरिकाको वासिङ्टनमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्ने भएको छ।
एमसीसी नेपालको संसदबाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला वासिङ्टनमा नेपाली समयअनुसार बुधबार बिहान एमसीसीको बोर्ड बैठक बस्ने भएको हो।
एमसीसीको बोर्ड बैठकमा नेपालको विषयमा छलफल हुनेछ। नेपालमा एमसीसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ। अमेरिकी अधिकारीले काठमाडौं आएर एमसीसीलाई कार्यान्वयनमा लैजान दलका नेता र सरकारलाई आग्रह गरिसकेका छन्।
पछिल्लो पटक दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेर एमसीसी कार्यान्वयनका लागि उच्च राजनीतिक नेतृत्वसँग आग्रह गरेका थिए।