एजेन्सी। पूर्वी दक्षिण अफ्रिका जङ्गलमा लागेको डढेलोमा फसेर छ जना अग्नि नियन्त्रकको ज्यान गएको छ । योसँगै क्वाजुलु–नाताल प्रान्तमा एक हप्ताभन्दा बढी समयसम्म लागेको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
पिटरमारिट्जबर्ग शहरबाट झन्डै ४० किलोमिटर टाढा शिकारीले शुरु गरेको आगोबाट डढेलो फैलिएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । प्रतिकूल मौसमका कारण आगो निभाउन समस्या भइरहेको छ ।