एजेन्सी। भारतको केरलामा अविरल वर्षासँगै आएको बाढीपहिरोमा परि हालसम्म १३० जनाको मृत्यु भएको छ। यसैगरी २२० जना बेपत्ता भएको बताइएको छ।
बाढीपहिरोमा परी ठुलो धनजनको क्षती भएको छ। जसको कारण यस क्षेत्रका विद्यालयहरु पनि बन्द गरिएको छ। धेरै क्षती भएको कारण उक्त क्षेत्र त्रासमय रहेको बिबिसिले जनाएको छ।
सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफ उद्धारका लागि खटाइएको जनाइएको छ।