एजेन्सी। मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण ३० जनाको मृत्यु भएको हो।
अधिक वर्षा भएपछि जिक्सिङ शहरबाट ११ हजारभन्दा बढी मानिसलाई अन्यत्रै सारिएको सञ्चारमाध्यमले जनाएको छ। वर्षाका कारण ३० को मृत्यु भएको छ भने ३५ जना बेपत्ता भएका छन्।
उद्धार कार्य जारी रहेको बताइएको छ।