सङ्खुवासभा। जिल्लाको भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ। अवरुद्ध भएको ४ दिनपछि टेलिफोन सेवा सञ्चालनमा आएको हो।
गत साउन १७ गते बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि टेलिफोन सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीले जनाएको छ।
टेलिफोन सेवा अवरुद्ध भएपछि सो क्षेत्रका वासिन्दा समस्यामा परेका थिए। अवरुद्ध भएको टेलिफोन सेवा चार दिनपछि सञ्चालनमा आएपछि उनिहरु लाभान्वित भएका छन्।