एजेन्सी। जापानको दक्षिणपश्चिम क्षेत्रको क्युशु क्षेत्र केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ। बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्प गएपछि मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेकाले सचेत गराइएको छ। भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी छ।