काठमाडौं। हुम्लाको सदरमुकाम सिमकोटमा एनटी फाइबर सेवा उपलब्ध गराएको छ। नेपाल टेलिकमले उक्त सेवा उपलब्ध गराएको हो।
हुम्लामा सेवा विस्तार गरेसँगै नेपाल टेलिकमको एनटी फाइबर सेवा नेपालका सबै जिल्लामा पुगेको कम्पनीले बताएको छ।
गत शुक्रबारदेखि हुम्लामा एनटी फाइबर सेवाको सुरु गरिएको बताइएको छ। टेलिकमको सेवालाई विस्तार गर्दै जाने र आउनेदिनहरुमा अझै धेरै क्षमताको सुविधाहरु उपलब्ध गराउने कम्पनीको भनाइ छ।
एनटी फाइबर सुरु भएपछि स्थानीयहरु पनि खुशि भएका छन्।