सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ। एक महिनाभन्दा बढी समयदेखि अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालनमा आएको हो।
टावरले काम नगरपछि एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ। टावर मर्मत गरेपछि शनिबारदेखि टेलिफोन सञ्चालनमा आएको बताइएको छ।
एक महिनादेखि टेलिफोन सेवाबाट बन्चित भएका सो क्षेत्रका स्थानीय खुशी भएका छन्। टलिफोन अवरुद्ध हुँदा टाढा रहेका आफन्तसँग कुरा गर्न नपाएको उनिहरुको गुनासो थियो।