फाइल तस्बिर
एजेन्सी। रुसको ज्भानोईको सेयम नदीमा बनेको पुल युक्रेनले भत्काएको दाबी गरेको छ। युक्रेनको सेनाले आइतबार एक भिडियो सार्वजनिक गर्दै पुल ध्वस्त बनाएको देखाएको हो।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी आक्रमणलाई विफल पार्न बफर जोन निर्माण गर्ने लक्ष्य रहेको समेत दाबी गरे। यसअघि पनि युक्रेनले सेयम नदीमा बनेको अर्को पुल भत्काएको थियो।
सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरे यता युक्रेनले रुसमा विगत दुई हप्तादेखि अहिलेसम्मकै ठुलो कारबाही गरिरहेको छ ।