काठमाडौं। सोलुखुम्बुको थामेमा अवरुद्ध नेपाल टेलिकमको मोवाइल सेवा सञ्चालनमा आएको छ। गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालनमा आएको हो।
बीटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको टेलिकमले जनाएको हो।
एका तिर बाढी आएर चिन्तित स्थानीयहरु इन्टरनेट नहुँदा झनै समस्यामा परेका थिए। अहिले सेवा सञ्चालन भएको छ।