एजेन्सी। भारतको गुजरात राज्यमा भारी वर्षाले आएको बाढीले २८ जनाको मृत्यु भएको छ। विगतको तीन दिनमा २८ जनाको मृत्यु भएको हो।
नदीको नजिक घर भएका ३० हजार भन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा सरेको बताइएको छ।
मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।