काठमाडौं। चितवनको भरतपुरमा विगत एक हप्तादेखि फोहोर नउठ्दा दुर्गन्धित भएको छ। महानगरले फोहोर व्यवस्थापन गर्ने भन्दै ५ सय रुपैयाँ लिने तर एक हप्तासम्म पनि फोहोर नउठाउने भन्दै सडक नजिकका व्यवसायीले विरोध गरेका छन्।
भरतपुरको मुख्य बजार नारायणगढको दायाँ र बाँया फोहोर थुप्रिएको छ। पुल्चोक, शहिद चोक, लायन्स चोकमा फोहोरको थुप्रोले गर्दा बजार आवतजावतमा समेत समस्या भएको छ। डम्पिङसाइट बनाउन आश्वासन पटक पटक दिए पनि कार्यान्वयन हुन नसकेको भरतपुरमा फोहोरले समस्या बढाएको छ।
फोहोर नउठेर दुर्गन्धित बनेसँगै यस स्थानमा बसोवास गर्ने स्थानियलाइ समस्या त छदैछ। बढी दुर्गन्धित बनेकोले विभिन्न रोगको सिकार बन्नु पर्ने भयो भन्ने चिन्ता बढ्न थालेको स्थानीयको गुनासो छ।