फाइल तस्बिर
एजेन्सी। रुसले युक्रेनको किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ। रुसले सोमबार बिहान युक्रेनको किएभमा मिसाइल आक्रमण गरेको युक्रेनको वायुसेनाले जनाएको हो।
वायुसेवाका अनुसार रुसले किएभलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रक्षेपण र केही ड्रोनका साथ क्रुज मिसाइलका धेरै समूहहरू प्रहार गरेको छ।
रुसले प्रहार गरेको १० भन्दा धेरै क्रुज मिसाइल, करिब १० ब्यालेस्टिक मिसाइल र एउटा ड्रोनलाई युक्रेनको हवाई सुरक्षाले नष्ट गरेको समेत बताइएको छ।
युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा पनि विस्फोट भएको संचार माध्यमहरुले जनाएका छन् । खार्किभको इन्ड्रस्ट्रियलनी जिल्लामा बिहानै आक्रमणको पुष्टि गर्दै आक्रमणबाट एउटा आवासीय भवन र अन्य धेरैमा आगो लागेको बताइएको छ।