एजेन्सी। भियतनाममा शक्तिशाली तुफानका कारण फुथोक प्रान्तको फोङचाउ पुल भत्किएको छ। उक्त पुल भत्किँदा १३ जना घाइते भएका छन् भने दुई सय भन्दाबढी मानिस घाइते भएका छन्।
पुल भत्किएपछि सवारी आवागमन समेत बन्द भएको छ। भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको छ।
तुफानका कारण आएका बाढी र पहिरोले ठाउँ ठाउँमा सडकहरु समेत अवरुद्ध छन्। विद्युत आपूर्ति बन्द भएको छ।