एजेन्सी। चीनको सांघाई सहरमा सात दशकयताकै शक्तिशाली समुद्री आँधी आएको छ। ‘बेबिंका’ नाम दिइएको समुद्री आँधी सोमबार बिहान साढे ७ बजे सांँघाइ सहरको दक्षिणपूर्वी क्षेत्रबाट प्रवेश गरेको हो।
जोइन्ट टाइफुन वार्निङ सेन्टरले आँधीको गति १ सय ३० किलोमिटर प्रतिघण्टा रहेको जनाएको छ। शक्तिशाली आँधीका कारण सांघाई सहरका सबै हवाई उडान, रेल, राजमार्गहरू बन्द भएका छन्।
सोमबार अधिकारीहरुले समुन्द्री आँधीको सबैभन्दा उच्च तहको चेतावनी ‘रातो चेतावनी’ जारी गरेका छन्।