काठमाडौं। नेपाल टेलिकमले संविधान दिवसको अवसर पारी आकर्षक अफर ल्याएको छ। अफर आजदेखि तीन दिन लागु हुने गरी ल्याएको हो।
आजदेखि ४ गतेसम्म लागु हुने अफरअन्तर्गत ग्राहकले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा पाउन सक्ने टेलिकमले जनाएको छ।
डाटा लिदाँ पनि अरु समयको भन्दा निकै सस्तो मुल्यमा लिन सकिने टेलिकमले जनाएको छ। डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा लिन सकिने छ। यसैगरी १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा लिन सकिने छ। रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटाको सुविधा ल्याएको छ जुन निकै प्रभावकारी रहने छ।
सोही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले विज्ञप्तीमा उल्लेख गरेको छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समय तोकिएको उक्त प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा ग्राहकहरुले लिन सक्ने टेलिकमले जनाएको छ।
हालसम्म पनि ग्रामीण क्षेत्रतिर वाईफाईका सुविधा पुगेको छैन। उक्त स्थानका ग्राहकहरुको लागि कुनै न कुनै समयमा यस्तै अवसर नेपाल टेलिकमले लिएर आएको छ। जसबाट निकै ग्राहकहरुले सेवा उपलब्ध गर्न पाएका छन्।